nepalkarate.org

About us

नेपाल सितोरियो कराते संघ शाखा डोजो नक्सालले हालसम्म १ हजार ९ सय २५ जना खेलाडिहरु उत्पादन गरिसकेको छ । जसमध्ये ९५ जना ब्ल्याक बेल्ट प्रथम डान, २७ जना ब्ल्याक बेल्ट दोस्रो डान र ९ जना ब्ल्याक बेल्ट तेस्रो डान प्राप्त गर्न सफल भइसकेका छन् ।

Introduction

नेपाल सितोरियो कराते संघ शाखा डोजो नक्साल २०५५ साल चैत्र २३ गते काठमाडौं महानगरपालिका वडा नं १ नक्साल काठमाडौंमा स्थापना भएको हो ।


Objectives

कराते खेलको माध्यमबाट कुशल दक्ष र अनुशासित खेलाडिहरु उत्पादन गर्दै राष्ट्रको नाम अन्तर्राष्ट्रिय जगतमा परिचित गराउनु नै हाम्रो मुख्य उद्देश्य हो ।


BOD

नेपाल सितोरियो कराते संघ शाखा डोजो नक्सालमा अवद्ध भएका पदाधिकारीहरु को बिबरण जानकारी लिनको लागि यहाँ जानकसक्नुहन्छ ।


Message from President / Chief Coach

सर्वप्रथम हाम्रो यो वेवसाइटसँग जोडिनु भएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद, नमस्कार, अभिवादन तथा हुस् । नेपाली कराते खेलको इतिहासमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भइसकेको यस नेपाल सितोरियो कराते डो संघ शाखा डोजो नक्सालको वेवसाइट सञ्चालन गर्नुको मुख्य कारण विश्वभर रहेका सम्पूर्ण खेलका (विशेष गरी कराते खेल) का खेलाडि, प्रशिक्षक, निर्णायक एवं खेल कर्मीहरुमाझ प्रत्यक्ष पुग्ने अभिप्रायले समग्र खेल क्षेत्रको प्रत्यक्ष जानकारी प्राप्त गर्ने उद्देश्यका साथ कराते खेलको माध्यमबाट सवैसँग नजिकबाट परिचित भई भाइचारा र मित्रताको दीगो सम्बन्ध स्थापित गर्न मद्दत पुगोस् भन्ने हो ।

News

चौंथो सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न
नेपाल सितोरियो कराते संघको वार्षिक कार्यतालिका अनुसार शाखा डोजो नक्सालले हरेक वर्ष आयोजना गर्दै आएको चौंथो सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०७४ सम्पन्न भएको छ । यस वर्षको पौष २६ र २७ गते संचालन भएको प्रतियोगतामा नेपालका विभिन्न क्षेत्रका साथसाथै मित्रराष्ट्रहरु भारत, बंगलादेश, भुटान र पाकिस्तानका खेलाडिहरुको उत्साहजन रुपमा सहभागीता रहेको थियो । करिव १५ सय भन्दा बढी खेलाडि, प्रशिक्षक तथा आगन्तुकहरुको सहभागीता रहेको उक्त प्रतियोगिता कुल ३० स्वर्ण पदकका लागि प्रतिष्पर्धा गराईएको थियो ।

नेपाल सहित ५ देशका खेलाडि सहभागी हुँदैछन् : थापा
नेपाली खेलकुद क्षेत्रमा ईश्वर थापा’गजेन्द्र’ नौलो नाम होईन । पूर्व अन्तराष्ट्रिय खेलाडीको पहिचान बनाई सकेका उनी करिव साढ़े दुई दशक भन्दा लामो समय देखि कराते खेलका माध्यमबाट खेलकुद क्षेत्रमा सक्रिय छन् । नेपाल सितोरियो कराते संघका केन्द्रीय सचिव तथा प्रवक्ता रहेका उनले लामो समयदेखि सितोरियो कराते संघको शाखा डोजो नक्सालका अध्यक्ष तथा प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन् । यसैगरी नेकपा (माओवादी केन्द्र ) निकट रहेको अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष समेत भइ आफ्नो सक्रियता बढाइरहेका छन् ।



Upcoming Events



Affiliated With